नेपालगञ्ज, १६ कात्तिक । बाँकेको कोहलपुरमा जारी ‘मुख्यमन्त्री गोल्ड कप २०८०’ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमागोर्खा व्वाईज स्पोर्ट क्लब बुटवल सुदरपश्चिम—११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको छ ।
बाँकेको कोहलपुरमा जारी प्रतियोगितामा सुदरपश्चिम ११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गरी विजयी भएको हो ।
खेल सुरु भएको ४५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले गोल गरेका थिए । आजको खेलमा विजयी टीमका सहदेव केसीले म्यान अफ द म्याच भएका छन् । प्रतियोगिता अन्तर्गत भोली दिउसो ३ बजे चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईजबीच सेमिफाइनल खेल हुनेछ । प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११,स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेतालाई रु ८ लाख र उपविजेतालाई रु ४ लाखसहित ट्रफी प्रदान गरिने कोहलपुरस्थित रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.