नेपालगञ्ज, २३ असोज । नेपालगञ्जको कर्प्यु र निषेधाज्ञा आजवाट पूर्णरुपमा हटेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज एक सूचना जारी गरी एक सातादेखि लगाउदै आएको कपर्यु र निषेधाज्ञा आदेश आजवाट हटाइएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीद्धारा जारी सूचनामा भनिएको छ, ‘नेपालगञ्जमा शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।’
गत असोज १६ गते दुई सम्प्रदायका केहि व्यक्तिले तनाव उत्पन्न गरेपछि सोही दिन दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । कपर्यु आदेश हटेपछि नेपालगञ्ज फेरी पहिलेकै लयमा फर्किएको छ ।