नेपालगञ्ज, २३ साउन । यही भदौ २ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साँझा प्रजातान्त्रिक समूह र समावेशी प्यानलका प्रतिबद्धता आज सार्वजनिक गरिएको छ । प्रजातान्त्रिक समूहको १८ बुँदे र समावेशी प्यालनका १७ बुँदे ‘१७ स’ प्रतिबद्धता सार्वजनिक गरिएका हुन् । प्रजातान्त्रिक समूह र पत्रकार सम्मेलनमार्पmत र समावेशी प्यानलले प्रेस विज्ञप्तिमार्पmत प्रतिबद्धता सार्वजनिक गरेको हो । निर्वाचनमा होमिएका दुवै समूहले चुनाव आप्mनो पक्षमा आउने दावी गरेका छन् ।
ललित रौनियार नेतृत्वको साँझा प्रजातान्त्रिक समूह र टंक धामी नेतृत्वको समावेशी प्यानलद्धारा जारी गरिएको प्रतिबद्धतापत्रमा नेपालगञ्जका व्यापारीहरुले भोग्दै आएका वर्षौका समस्या र सपनाहरुलाई पूरा गराउने बाचा गरिएको छ । उद्योग, व्यवसायको उचित व्यवस्थापन, करका दायरा, भारतसंगको व्यापारिक प्रतिस्पर्धा, तिनै तहका सरकारसंगको छलफल, जडिवुटी, संचार, स्वास्थ्य, शिक्षालगायतका विषय प्रतिबद्धतामा उठान गरिएका छन् ।