नेपालगन्ज ५ भदौ । बाँकेलगायत देशैभरका पशुहरुमा फैलिएको लम्पीस्किन रोगको संक्रमणको रोकथाम तथा उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
बाँकेका नागरिक समाज संस्थाका प्रतिनिधिहरुको एक समूहले लम्पी स्किनरोगको उपचारको व्यवस्था तत्काल गर्न गराउन माग गरेको हो । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।
बाँके जिल्लामा हालसम्म करिब दश हजार बढी पशुमा लम्पीस्किन रोगको संक्रमण देखिएको छ भने करिब ४ दर्जन बढी पशुहरुको रोगले मृत्यु समेत भएको अवस्थामा पशुहरुमा तत्काल खोप, तथा अन्य उपचारको व्यवस्था मिलाउन तत्काल माग गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
लम्पीस्किन सङक्रमणका कारण दूधको उत्पादन घटनु तथा पशु सङ्क्रमणबाट मुक्त भएपनि पहिलेकै अवस्थामा नर्फकनुले बाँकेका किसान मर्कामा परेका छन ।