लुम्बिनी प्रदेशको व्यापारिक शहर नेपालगञ्जमा यहि भदौ ९ गते ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ को फाइनल प्रतिस्पर्धा हुने भएको छ । केबी डान्स स्टुडियो रुपन्देहीले आयोजना गरेको ट्यालेन्ट हन्टको फाइनल प्रतिस्पर्धा नेपालगञ्जको होटल बाटिकामा हुन लागेको कार्यक्रम संयोजक अन्जु रसाइलीले जानकारी दिनुभयो । आज नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा संयोजक रसाइलीले तीन वटा बिधा रहेको फाइलन प्रतिस्पर्धामा डान्सिङ, सिङ्गिग र मोडलिङ रहेको छ ।
स्थानीय कलाकारको समेत सहभागिता रहने ट्यालेन्ट हन्टमा गायक तथा मोडेल दुग्रेश थापा र नरेश बुढाथोकीको जोडदार प्रस्तुति रहने जनाइएको छ । संयोजक रसाइलीले डान्स तर्फ २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगत राशीको पुरस्कारको व्यवस्था गरिएको छ । अन्य दुई विधाको पुरस्कार राशीका विषयमा छलफल भइरहेको बताइएको छ ।