नेपालगञ्ज, २१ साउन । बाँकेको खजुरा—४ एफगाउँस्थित किरण भवानी मन्दिरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।
ऐतिहासिक उक्त मन्दिरलाई थप व्यवस्थित गर्न धार्मिक महोत्सव गर्न लागिएको महोत्सव आयोजक मूल समितिका संयोजक खड्क वलीले जानकारी दिनुभयो ।
महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवका लागि आज भएको स्थानीयको भेलाले मूल समितिलाई पूर्णता समेत दिएको छ । समितिमा खजुरा गाउँपालिका वडा नम्बर ४ का सबै टोलसमेत जानकी, कोहलपुर र बैजनाथ गाउँपालिकाबाट समेत प्रतिनिधित्व गराइएको छ ।
संयोजक वलीका अनुसार सोमबारदेखि महोत्सवको सदस्यताका लागि प्रचारात्मक अभियान चलाइने भएको छ । करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.