नेपालगञ्ज, २० साउन । मानवसेवा आश्रमले आप्mनो ११औँ राष्ट्रिय वार्षिकोत्सव वुटवलमा आयोजना गर्ने भएको छ । बार्षिकोत्सवका अवसरमा आश्रमले १३ औं ज्ञान हस्तान्तरण कार्यक्रम गर्न लागेको हो । ‘राष्ट्रका लागि युवा’ सन्देशसहितको कार्यक्रम भदौ ५ गतेदेखि १३ गतेसम्म नौ दिनको हुने छ । कार्यक्रम मानवसेवा आश्रमको शाखा कार्यालय बुटवलमा हुने जनाइएको छ ।
युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशिल र आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान हस्तान्तरण कार्यक्रम आयोजना गर्न लागिएको हो । आफुलाई दृढ, आत्मविश्वासी, करुणावान, क्षमतावान बनाउन चाहने हर कोही कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
कार्यक्रममा भर्खरै कक्षा १२, स्नातक वा स्नातकोतर परीक्षा दिइ बसेकाहरुलाई प्राथमिकता दिइने आश्रमले जनाएको छ । कार्यक्रममा १०१ जना सहभागी हुनेछन् ।
योग, ध्यान, प्राणायाम, क्षमता विकास, व्यत्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, तनाव व्यवस्थापन, मातृत्व र राष्ट्र प्रेम, जीवन जीउने कला जस्ता जीवनउपयोगी विषयमा सहभागिलाई प्रशिक्षण गरिने बताइएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.