नेपालगञ्ज, ८ साउन । फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका भए, नभएको बारे थाहा पाउन अनुगमन शुरु गरिएको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो ।
स्वास्थ्यमन्त्री बस्नेतले देशभरका फार्मेसीको निरीक्षण र अनुगमनको काम भइरहेको र यसलाई निरन्तरता दिइने बताउनुभयो । अनुगमनका क्रममा प्रक्रिया नपु¥याइ सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्रीवितरण गरेको पाइएमा कडा कारबाही गरिने जनाइएको छ ।
देशभरका फार्मेसीको अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन संयन्त्र बनाइएको र यसले निरन्तर अनुगमन गर्ने मन्त्रालयले जनाएको छ ।