नेपालगञ्ज, १४ असार । लुम्बिनी प्रदेशको जिल्ला बाँकेलाई आज खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले आयोजित कार्यक्रममा बाँके खोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गर्नुभएको हो ।
यसअघि बाँकेका सबै ८ वटै नगर र गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको थियो ।
तथ्यांक अनुसार, खोप लगाउन छुटेको २९० बालबालिका र नियमित तथा पूर्ण खोप लगाउन छुटेका १ हजार ५१७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले उमेर अनुसार पाउनुपर्ने १४ प्रकारका रोग विरुद्धको खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति, बाँकेका संयोजक ज्ञा
नेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको घोषणासभामा प्रदेश सांसदहरु बादशाह कुर्मी र रत्न खत्री, स्वास्थ्य मन्त्रालय सचिव डा. जनार्दन पन्थी, प्रदेश स्वास्थ्य निर्देशक विनोद गिरी, नेपालगञ्जका मेयर प्रशान्त विष्टलगायतको सहभागिता थियो ।