नेपालगञ्ज, १४ असार । आज मुस्लिम धर्मावालम्बीहरुको ईद–उल–अजाह (बकरईद) पर्व नेपालगञ्जमा पनि मनाइएको छ । पर्वका अवसरमा आज बिहान ७ बजे नेपालगञ्जको विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको थियो ।
नमाजपछि उपस्थित आफन्त र परिचितहरुबीच आपसमा शुभकामना आदानप्रदान गरिएको थियो । नेपालगञ्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राईलगायत विशिष्ट व्यक्तिहरु इदगाह पुग्नु भइ नमाजीहरुलाई पर्वको शुभकामना दिनुभएको थियो ।
बकरईद पर्व ३ दिनसम्म मनाइने प्रचलन रहेको छ । मुस्लिम धर्मगुरुहरुका अनुसार, रमदान महिना भर उपवास बसेर ईद मनाएको ठिक ७० दिनपछि बकरईद पर्व मनाउने गरिन्छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.