नेपालगञ्ज, १३ असार । जिल्ला समन्वय समिति बाँकेले डुडुवा गाउँपालिकाको नवनिर्मित अत्याधुनिक भवनको अनुगमन गरेको छ । समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले गाउँपालिकाको प्रशासनिक भवनको अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा चौधरीले छोटो समयमै भवन निमार्ण हुनुले सरकारको निर्माण योजनाको प्रभावकारिता देखिएको बताउनुभयो । उहाँले समन्वय समितिको सानो सहयोगले पनि यतिको ठुलो भवन निमार्णले यस क्षेत्रका नागरिकलाई सेवा लिनमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्गले भवन संरचनाका बारे जानकारी गराउनुभएको थियो । जिल्ला समन्वय समितिले भवन निमार्णका लागि ४ करोड सहयोग गरेको हो । अनुगमनमा समितिका डुडुवा गाउँपालिका उपप्रमुख सीता कार्कीलगायत सम्पूर्ण सदस्य र कर्मचारी लगायतको उपस्थितिे थियो ।
डुडुवाको वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, चार तल्ले भवनमा ५ सय जना क्षमता भएको ठूलो सभागृह, बैठक कक्ष, न्यायका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राही प्रतिक्षालय, सुरक्षा गार्ड कोठासहितको संरचना निर्माण भएका कछन् । अपाङ्गमैत्री, बालमैत्रीसंगै अत्याधुनिक फाउन्टेनको व्यवस्थापनसमेत गरिएको भवनमा लिफ्ट पनि जडान गरिएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.