नेपालगञ्ज, २६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छिटै मन्त्रीपरिषद् विस्तारको तयारी गर्नुभएको छ । दाङ्गको तुलसीपुरमा आज संचारकर्मीसंग कुराकानी गर्दै मुख्यमन्त्री चौधरीले दुई÷चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको दावी गर्नुभयो ।
चौधरी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित विभिन्न आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा मुख्यमन्त्री हुनुभएको हो ।
लुम्बिनीमा सत्ता गठबन्धनमा कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा र जनमत पार्टीका ३÷३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ तथा १ स्वतन्त्र प्रदेशसभा सदस्य छन् । विपक्षमा भने एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्य छन् ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.