नेपालगञ्ज, २१ बैशाख ।
यस वर्ष नेपालमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले यस वर्षको मनसुन जेठ १८ देखि असोज १३ गतेसम्म रहने आकंलन गरेको छ ।
यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । देशभर सरदर ३५ देखि ५५ प्रतिशत कम मनसुन हुने विभागको आकंलन रहेको छ ।