नेपालगञ्ज, २२ बैशाख । नेपालगञ्ज–हुम्ला हवाई सेवा आजवाट पुनः सुचारु भएको छ । मौसमी खराबीका कारण गत शनिबारदेखि अवरुद्ध भएको हवाई सेवा मौसममा सुधार आएपछि पुनः सुचारु भएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज प्रमुख सुरेश खनालले जानकारी दिनुभयो । तर, मुगुमा मौसम सफा नभइसकेकाले उडान हुन नसकेको जनाइएको छ ।
आजवाट जुम्लाका लागि समिट एअरले नेपालगञ्जवाट उडान शुरु गरेको छ । उडान अवरुद्ध भएका बेला नेपालगञ्जमा अलपत्र परेका यात्रुहरुलाई पठाउन थालिएको प्राधिकरणले जनाएको छ ।
हवाई उडान नहुँदा झण्डै २ सय बढी यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् । उनीहरु मध्ये बिरामी, बुढाबुढी र बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर गन्तव्यतर्पm पठाउन थालिएको छ ।