संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जनशक्तिदेखि अत्याधुनिक उपकरणको समुचित व्यवस्थापन गर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर बाँकेले आज नेपालगञ्ज एअरपोर्टमा गरेको पत्रकार सम्मेलनमा मन्त्री किराँतीले हवाई क्षेत्रको सुरक्षाका सवालमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री किराँतीले पर्यटन क्षेत्रको विकासका लागि सरकार योजनाबद्धरुपमा अघि बढिरेहेको छ भन्दै देशको समृद्धि र आर्थिक विकासका लागि हवाई क्षेत्रको सुधार आवश्यक छ भन्नुभयो । उहाँले हवाई क्षेत्रको विकास र विस्तारका लागि सरकारले देशका सबै स्थानको एअरपोर्टलाई प्राथमिकतामा राखेको छ भन्नुभयो ।