आठौं राष्ट्रिय योग दिवस आज बाँकेलगायत देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । बाँकेको नेपालगञ्जमा आज योगबारे जागरण ¥याली, सामूहि योगाभ्यास र प्रवचन कार्यक्रम गरी योग दिवस मनाइएको छ । यस वर्षको योग दिवसको नारा ‘स्वस्थ जीवनको चाहना योग शिक्षा र साधना’ तय गरिएको छ ।
नेपालगञ्जका योगगुरु गिरीराज भट्टराईको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपालगञ्जका मेयर प्रशान्त बिष्ट, योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, डा. रोमा वोरा, डा. दिनेश चौधरी लगायतको सहभागिता थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.