‘थारुरत्न’ पुरस्कारवाट नेपालगञ्ज भेरी अस्पतालका डा. पाण्डे सम्मानित
नेपालगञ्ज, ३० पुस । सिकलसेल तथा थालेसेमिया रोगको पहिचान गरी उपचार प्रक्रियामा महत्वपूर्ण योगदान पु¥याएवापत डा. राजन पाण्डेलाई सम्मानित गरिएको छ । डा. पाण्डेलाई ‘थारुरत्न’ पुरस्कारवाट सम्मान गरिएको हो । नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत डा. पाण्डेलाई थारु आयोगले उक्त पुरस्कारवाट सम्मान गरेको हो ।
मूलतः थारु समुदाय लाग्ने सिकलसेल एनिमिया रोगको अनुसन्धान, पहिचान र उपचारमा डा. पाण्डेको भूमिका शुरुवातदेखि अग्रपंक्तिमा रहदै आएको छ । सिकसलसेल तथा थालेसेमिया रोगको पहिचान, निदान र उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका डा. पाण्डे थुप्रै राष्ट्रिय पुरस्कारबाटसमेत पुरस्कृत भइसक्नु भएको छ ।
पश्चिम तराईका थारु समुदायलाई सिकलसेल तथा थालेसेमिया रोगबारे गाउँगाउँमा पुगेर जनचेतना फैलाउने तथा उपचार गर्ने कार्यमा डा. पाण्डे अभैm सक्रिय रहदै आउनुभएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.