नेपालगञ्ज, २९ पुस । बाँके जिल्ला कोहलपुर नगरपालिकाको १२औं नगरसभा बैठक आजदेखि सुरु भएको छ । बैठकमा मेयर पूर्णप्रसाद आचार्यले ४ वटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ । कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, कोहलपुर बांगमय प्रतिष्ठान विद्येयक २०७९, बजेट, योजना तथा कार्यक्रम संशोधन र नगरपालिकाको संगठन संरचनामा हेरफेर लगायतका प्रस्ताव मेयर आचार्यले प्रस्तुत गर्नुभएको हो । प्रस्ताव माथि आगामी माघ १३ गते बस्ने नगरसभाको अर्को बैठकमा छलफल हुने जनाइएको छ ।
आजको बैठकमा सार्वजनिक महत्वको बिषयमा नगरसभा सदस्यहरुले धारणा राखेका थिए । नगरपालिकाको समग्र विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको, कोहलपुर नगरपालिकाको विकासका लागि योजनाको प्रभावकारी कार्यान्वयनमा जोड तथा ढल, नाला तथा सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने लगायतमा आआप्mनो धारणा राखेका थिए । ।
मेयर आचार्यले उठेका प्रश्नको जवाफ दिदै नगरपालिकाको नीतिगत सुधारका सवालमा सकारात्मक अभ्यासहरुको थालनी गरिएको र ठेक्का लिने तर सम्झौता अनुसार काम नगर्ने व्यवसायीहरुलाई खरीद ऐन अन्तर्गत कारवाहीको दायरामा ल्याइएको छ भन्नुभयो । उपमेयर संगीता सुवेदीले कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका बनाउने सवालमा सकारात्मक कामहरुको थालनी भइसकेको बताउनुभयो । नगरसभाको अर्को बैठक माघ १३ गतेका लागि तोकिएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.