नेपालगञ्ज, ८ मंसिर । नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रणको अभियान फेरी थालिएको छ । नेपालगञ्जले मौसमीरुपमा थालनी गर्ने यो अभियान ‘पानीको फोका’ जस्तै सावित हुने गरेको छ । अभियान अन्तर्गत आजदेखि नेपालगन्जका विभिन्न स्थानवाट छाडा पशुचौपायालाई धपाएर नेपालगञ्ज–२१ विर्तास्थित काञ्जीहाउस लैजान थालिएको छ । पशु चौपाया धपाउने कार्यमा मेयर प्रशान्त विष्टले अगुवाई गर्नुभएको थियो । मेयरसंगै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद र नेपालगन्ज उपमहानगर प्रहरी प्मुख सूर्य बोगटीको पनि सहभागिता थियो । बोगटीका अनुसार, आज नेपालगन्जको कारकाँदो क्षेत्रबाट २८ वटा घोडा खच्चडलाई काञ्जीहाउस पु¥याइएको छ ।
‘अबदेखि दैनिकरुपमा नै छाडा पशुचौपाया धपाएर काञ्जीहाउस लैजाने व्यवस्था मिलाइएको छ’—मेयर विष्टले भन्नुभयो । काञ्जी हाउसमा पु¥याइएका छाडा पशुचौपाया फिर्ता लिन दैनिक १५ सय रुपैयाँ जरीवानाको व्यवस्था गरिएको छ । तर, सात दिनसम्म पनि लिन नआएमा लिलाम गरिने बोगटीले बताउनुभयो ।
छाडा चौपाया नेपालगन्जवासीद्धारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आँसपाँसका क्षेत्रवाट सयौको संख्यामा पशु यता धपाउने गरिएकाले पनि यो समस्या झांगिदै गएको छ । पहिलेपहिले नेपालगन्जमा गाई, साँढे मात्र छाडा छाडने गरेकोमा अहिले केहि वर्षदेखि खच्चर कारोबारीहरुका रोगी, थाकेका, मर्न लागेका खच्चरहरु बजारमा यत्रतत्र छाडने छाडने गरिएको छ ।
अर्कोतर्पm छाडा चौपायाका कारण नेपालगन्जमा सडक दुर्घटनाको जोखिम बढेको छ । बेलाबखत पशुचौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले कान्जी हाउस पु¥याउने गर्छन् । तथापी, यो नै दिगो व्यस्थापनको उपाय भने पक्कै होइन् ।