नेपालगञ्ज, ८ पुस । ग्रामिण बिकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेस संस्थाले नरैनापुरको आर्दश माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई विद्यालय व्याग तथा शैक्षिक सामाग्री उपलव्ध गराएको छ । मधेशी, दलित र मुस्लिम समुदायका बालवालिकाको शैक्षिक विकासमा योगदान पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री उपलव्ध गराइएको बेसका केन्द्रीय सदस्य संगीता थारुले बताउनुभयो ।
बिद्यालयमा भएको कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले यसप्रकारको सहयोगले गरिव तथा बिपन्न बर्गका वालवालिकाको शैक्षिक प्रोत्साहनमा टेवा पुग्ने बताउनु भयो । नरैनापुर वडा नंं २ का अध्यक्ष मसुदअहमद शाहले विद्यार्थीले पाएको शैक्षिक सामग्रीले उनीहरुको अध्यापन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उक्त विद्यालयलाई उपलव्ध गराइएको शैक्षिक सामग्रीमा कपी, पेन्सील, इरेजर, स्कुल ब्याग लगायतका सामग्री रहेका छन् । उक्त सामग्री ५४० जना विद्यार्थीलाई पुग्ने जनाइएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.