नेपालगञ्ज, ९ मंसिर । नेपालगन्जमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक लेजर प्रविधिको ‘सौन्दर्य केयर’ सेवा सुरु गरिएको छ । निजी क्षेत्रको सो अस्पतालले पश्चिम नेपालमै पहिलो पटक उक्त सेवा शुरु गरेको अस्पतालका संस्थापक डा. कुमार शानशाहले बताउनुभयो । डा. शाहले भन्नुभयो—‘विश्वको नम्बर एक ‘सोप्रानो आईसिइ प्लाटिनम’ लेजर उपकरण जडान गरी सौन्दर्य केयर सेवा शुरु गरिएको हो ।’
अस्पताल कक्षमा आज आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. धवलसम्शेर राणाले उक्त सेवाको उद्घाटन गर्दै स्वास्थ्यको गुणस्तरीय सेवाको पहुँच सबै नेपालीमा पु¥याउन नेपालमा निजी क्षेत्रको स्वास्थ्य संस्थाको महत्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो । कार्यक्रममा अल्मा लेजर नेपालका कार्यकारी प्रमुख रामशरण मल्ल, अस्पतालका अर्का संस्थापक सदस्य डा. मञ्जु बिसीलगायतले बोल्नुभएको थियो ।
उक्त लेजर प्रविधिवाट शरीरमा रहेका अनावश्यक रौं सधैका लागि हटाउने, झोलिएको छाला र चाउरीपन हटाउने, लेजरद्धारा योनीलाई कसिलो तथा टाइट बनाउने, महिलाहरुको पिसाव चुहिने समस्याको उपचार, दुरविन प्रबिधिद्धारा पाठेघरको जाँच, पाठेघरको मुख सेकाई गर्न सकिने अस्पतालले जनाएको छ ।
यसैगरी, शरिरमा रहेको ट्याटु हटाउने, छालामा भएका खाल्टा खुल्टी मिलाउने, मुसा, कोठी, मासु पलाएको हटाउने, कपाल उमार्ने उपचार, बायोप्सीबाट छालामा देखापर्ने रोग पत्ता लगाउने, छाला यौन तथा कुष्ठरोग उपचार, हाईडा फेसियल, कार्वन फेसियल, भ्याम्पायर फेसियल सेवा प्रदान गरिने जनाइएको छ ।