नेपालगञ्ज, ७ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट राप्रपाका डा. धवलशमशेर राणा निर्वाचित हुनुभएको छ । उहाँले २९ हजार ५७७ मत पाउनु भएको छ ।
जनता समाजवादी पार्टीका प्रभावशाली नेता र अहिलेका सांसद मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मत अन्तरले पराजित गरी राणा विजयी हुनुभएको हो । राईले २३ हजार ५२० मत पाउनु भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार सुदिप नरसिंह राणाले ४ हजार ४०३ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । पकेट भोट धेरै भएर पनि यो क्षेत्रमा कांग्रेसले नराम्रो हार भोग्नु परेको छ ।