नेपालगञ्ज, ३ मंसिर । लुम्बिनी प्रदेशको पुछारको जिल्ला बर्दियाको एउटा मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् ।
नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यका अनुसार, गुलरिया नगरपालिका वडा नं. ८ को महाकवि देवकोटा माध्यमिक विद्यालयमा सबै कर्मचारी र सुरक्षाकर्मी महिला रहेका छन् । मतदान अधिकृत अमात्यले
भन्नुभयो‘—मतदान केन्द्र र स्थलमा २४ कर्मचारी र १४ महिला सुरक्षाकर्मीलाई खटाइएको छ ।
बर्दियामा करिब ३ हजार ५ सय सुरक्षाकर्मी र झन्डै ३ हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । बर्दियामा कूल ३ लाख १५ हजार २ सय ८४ मतदाता छन् भनृ १ सय ५४ मतदानस्थल र ३ सय ७६ मतदान केन्द्र छन् ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.