नेपालगञ्ज, १ मंसिर । नेपालगन्जमा आठौं संस्करणको म्याराथन प्रतियोगिता मंसिर २४ गते हुने भएको छ । प्रतियोगितामा ४२ किलोमिटरतर्पmका विजेतालाई १ लाख ५० हजार, उपविजेताले ६० हजार र तेस्रो स्थान हासिल गर्नेलाई ३० हजार नगद पुरस्कार प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टी.एस. ठकुरीले जानकारी दिनुभयो ।
आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठकुरीले प्रतियोगिताको महिला हाफ म्याराथनतर्फ विजेतालाई ६० हजार, उपविजेतालाई ३० हजार, तेस्रो हुनेलाई १५ हजारको नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ भन्नुभयो ।
यसैगरी, पुरुष १० किलोमिटर खुलातर्फ विजेतालाई ३० हजार, उपविजेतालाई १५ हजार र तेस्रो स्थान हासिल गर्नेलाई १० हजार तथा महिला ५ किलोमिटर खुलातर्पmको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र तेस्रो स्थानलाई ७ हजार प्रदान गरिने जनाइएको छ ।
त्यस्तै विद्यालयस्तरीय ५ किलोमिटर छात्र दौडको विजेतालाई १० हजार, उपविजेतालाई ७ हजार र तृतिय स्थान हासिल गर्नेलाई ५ हजार एवंम् ३ किलोमिटर छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १० हजार, ७ हजार र ५ हजार नगद तथा प्रमाणपत्रवाट पुरस्कृत गरिनेछ ।
यसैगरी, कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकटसहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगञ्ज म्याराथनले प्रदान गरिने अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपालगञ्जका मेयर प्रशान्त बिष्ट, प्रतियोगिताका टाइटल स्पोन्सर धारा तेलको उत्पादक केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगड, नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य सञ्जय सिंहलगायतले बोल्नु भएको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.