नेपालगञ्ज, १ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आज पत्रकार सम्मेलन गरेर आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा आज राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियाले बताउनुभयो ।
आयोगका अनुसार, निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि कूल ८ करोड पतपत्र छापिएको र ७ हजार २ सय १९ जनाले निर्वाचनको पर्यवेक्षण तथा १८ कूटनीतिक नियोगले अनुगमन गर्ने थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार, मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था मिलाइएको छ भने २ दिनभित्र केन्द्र निर्माण भइसक्ने छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.