नेपालगञ्ज, १ मंसिर । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी बाँकेसंग सीमा जोडिएको नाका दशगजा क्षेत्रमा भारत र नेपालका संयुक्त सुरक्षा अधिकारीहरुको संयुक्त गस्ती शुरु गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी अन्तर्गत बिओपी जमुनाहाका प्रमुख प्रहरी निरीक्षक रोशन जोशी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बटालियन नम्बर ४२ को कम्पनी रुपईडिहाका असई अरुण कुमारको संयुक्त कमाण्डमा बाँकेको नेपाल भारत सीमा क्षेत्रको जंगेपिल्लर नं. ६५१ देखि ६५१÷११ सम्म संयुक्त गस्ती शुरु गरिएको छ ।
निर्वाचनमा सीमा क्षेत्रबाट हुनसक्ने सम्भावित गतिविधि तथा अपराध निण्न्त्रणका लागि संयुक्त गस्ती शुरु गरिएको छ । हरेक महिनामा दुई–तीन पटकसम्म संयुक्त गस्ती गरिँदै आएपनि निर्बाचनलाई लक्षित गरी संयुक्त गस्ती निर्वाचन अवधीसम्म गरिने जनाइएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.