नेपालगञ्ज, २३ भदौ । विश्व फिजियोथेरापी दिवसका अवसरमा आज नेपालगन्जमा प्रभातफेरी गरिएको छ । प्रभातफेरी नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरवाट शुरु भइ नेपालगन्ज शिक्षण अस्पतालमा पुगेर सभामा परिणत भएको थियो ।
त्यस अवसरमा आयोजक लुम्बिनी प्रदेश फिजियोथेरापी नेपालगन्ज समितिका अध्यक्ष फिजियोथेरापिष्ट डा. पंकज गुप्ताले फिजियोथेरापी उपचार पद्दती मानिसको दैनिक जीवनसंग सम्बन्धित रहेको छ भन्नुभयो । कार्यक्रममा फिजियोथेरापिष्ट डा. खेमा भण्डारी, डा. हितेष न्यौपाने र बिहानी श्रेष्ठले पनि बोलनु भएको थियो ।
दिवसकै अवसरमा नेपालगन्जको गणेशमान चोकस्थित मनमाया फिजियोथेरापी सेन्टरमा आज एकदिन निशुल्क उपचारको व्यवस्था गरिएको छ । फिजियोथेरापिष्ट डा. भण्डारीको सो सेन्टरमा ५० बढी विरामीको निशुल्क उपचार गरिएको जनाइएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.