नेपालगञ्ज, २३ भदौ । नेपालगंज उपमहानगरपालिकाको अगुवाईमा आज बसेको सर्वपक्षिय र्बैठकले नेपालगन्जको छाडा पशु चौपाया व्यवस्थापन गर्ने निर्णय गरेको छ । छाडा पशु चौपायको दीर्घकालिन र अल्पकालिन समाधानका लागि बनाइएका योजना अन्तर्गत छाडा चौपायाको व्यवस्थापन गर्ने निर्णय भएको मेयर प्रशान्त विष्टले जानकारी दिनुभयो ।
यहि भदौं महिनाभित्र पशु चौपाय (गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोडन आग्रहसहित माईकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने छ । भदौं मसान्तपछि पशु चौपाय छाडा छोडनेलाई कारवाही गर्ने र यसरी छोडिएका पशु चौपाय राख्नका लागि अस्थायी संरचना बनाएर ब्यवस्थापन गर्ने सर्वपक्षिय बैठकले निर्णय गरेको छ ।
बैठकमा मेयर विष्टले छाडा पशुु चौपायका कारण नगरको ट्राफिक ब्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै सडकमा छाडा छोडिएका पशु चौपायलाई अन्यत्र राखेर अल्पकालिन ब्यवस्थापनमा तत्काल जुटेकोसमेत बताउनुभयो । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, उपमेयर कमरुद्धिनलगायत सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.