नेपालगञ्ज, १६ भदौ । नेपालगन्जवाट यात्रुवाहक विद्युतीय माइक्रोबस सञ्चालन गरिएको छ । बागेश्वरी यातायातले नेपालगन्जदेखि बर्दिया, सुर्खेत र धनगढीसम्म माइक्रोबस सेवा संचालन गरिएको हो । ११ सिट क्षमताका ४ वटा माइक्रोबस संचालनमा ल्याइएको संचालक रविप्रसाद कर्मचार्यले बताउनुभयो ।
कोहलपुरका विष्णु खनाल, विकास बुढाथोकी, पदम भट्टराई र रवि कर्माचार्यले बीबी इन्टरप्राइजेज खोलेर विद्युतीय माइक्रोबस सेवा संचालनमा ल्याउनु भएको हो । संचालकहरुका अनुसार, इन्टरप्राइजेजवाट अहिलेसम्म १२ वटा विद्युतीय माइक्रोबस बिक्री भएको छ । ४४ लाख ९५ हजार रुपैयाँ पर्ने विद्युतीय माइक्रोबसमा बैंकले लगानी नगर्दा बुकिङअनुसार गाडी खरिद बिक्रीमा समस्या भएको कम्पनीले जनाएको छ ।