नेपालगञ्ज, ३ भदौ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य रु ४ सयले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ५ सय तोकिएको छ । हिजो छापावाला सुन प्रतितोला रु ९५ हजार ९ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार कायम गरिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार चार सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु १ हजार १ सय ८५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.