नेपालगञ्ज, १७ साउन । नागपञ्चमी पर्व बाँकेलगायत देशैभर मनाइएको छ । हिन्दु धर्मावलम्वीहरुले आज श्रावण शुक्ल पञ्चमीका दिन घरको मूलढोका बाहिर नाग देवताको तस्वीर टाँसेर यो पर्व मनाएका हुन् । नाग देवताको पूजा गरेमा सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने सांस्त्रीय मान्यता रहेको छ ।
वैज्ञानिकरुपमा समेत प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्प लगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने पाइएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.