नेपालगञ्ज, १६ साउन । पाँच महिनादेखि फरार एक प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत ९ गते बाँके जिल्ला अदालतवाट नौ दिनको कैद सजायको पैmसला लगत्तै फरार भएका प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार, बाँके कोहलपुर नगरपालिका वडा नं. ९ घर भई खजुरा गाउँपालिका वडा नं. ४ बस्ने ३५ बर्षिय मोहन गिरीलाई प्रहरीले प
क्राउ गरेको हो ।
पक्राउ गरिएका प्रतिवादीलाई आजै बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।