नेपालगञ्ज, १६ साउन । आठौं संस्करणको नेपालगन्ज म्याराथन प्रतियोगिताका लागि खेलाडी नाम दर्ता शुरु गरिएको छ । आगामी मंसिर ३ गते हुने प्रतियोगिताको प्रारम्भिक तयारी अन्तर्गत हिजो साउन १५ गतेदेखि खेलाडी नाम दर्ता शुरु गरिएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टि.एस. ठकुरीले जानकारी दिनुभयो ।
ठकुरीका अनुसार, प्रतियोगितामा पुरुषपुरुषतर्फ म्याराथन ४२.१९५ किलोमिटर र महिलातर्फ हाफ म्याराथन २१ किलोमिटर कायम गरिएको छ । त्यस्तै १० किलोमिटर पुरुष खुल्ला र ५ किलोमिटरको महिला खुल्ला प्रतियोगितासमेत हुनेछ ।
यसैगरी, ५ किलोमिटरको स्कुलस्तरीय छात्र, ३ किलोमिटरको स्कुलस्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किलोमिटरको कर्पोरेट रन र १ किलोमिटरको ट्राइसाइकल तथा वाकाथन प्रतियोगितामा समावेश गरिएको छ । प्रतियोगितामा स्कुलका विद्यार्थीको दौड भने बाँके जिल्लास्तरीय हुने जनाइएको छ ।