नेपालगञ्ज, ६ साउन । बाँके प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । बाँके जिल्ला अदालतवाट २३ दिन कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता मधुसुदन न्यापानेले जानकारी दिनुभयो ।
अदालतवाट २०७८ चैत ९ गते सजाय पाएका बाँके कोहलपुर वडा नं. ८ का २६ बर्षिय गणेश बुढालाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ गरिएका बुढालाई जिल्ला आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरी प्रवक्ता न्यौपाने बताउनुभयो ।