नेपालगञ्ज, २७ असार । जिल्ला प्रहरी कार्यालय, बाँकेले बाल यौनदुराचार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको डुडुवा गाउँपालिका–४ का ३३ वर्षीय अनिस नाउलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७९ कात्तिक ३० गते नाउलाई बाल यौनदुराचार मुद्दामा दोषी ठहर गर्दै बाँके जिल्ला अदालतले उनलाई ३ महिना ८ दिनको कैद फैसला सुनाएको थियो । त्यस लगत्तै नाउ फरार रहेका थिए ।
पक्राउ गरिएका नाउलाई सोमवार जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले केहि दिनअघि पनि बाँकेमा जवरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादी पक्राउ गरेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका–६ कसाईटोल का ३३ वर्षीय अच्छनअलि अन्सारी र बाँके साविक सोनपुर गाबिस–९ का ३४ वर्षीय जोहरू भाटलाई प्रहरी पक्राउ गरेको थियो । दाईजो कम ल्याएको निहुमा अच्छनले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते टाउकोमा लाठी र भाला प्रहार गरी हत्या गरेको र जोहरूले २०७० भदौ ७ गते वनमा दाउरा खोज्न गएकी महिलालाई जवरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत बाँकेवाट सजाय पैmसला भएको थियो । थिए ।
अच्छनलाई २० वर्ष र जोहरुलाई ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय पैmसला भएको थियो । सजाय पाएकै समयदेखि फरार रहेका दुवै प्रतिवादीलाई बाँके प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोले बाँकेको नेपाल–भारत सिमावर्ती क्षेत्र जमुनाहावाट पक्राउ गरेको थियो ।