नेपालगञ्ज, २७ असार । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले मधुमेह विरामीको उपचारका लागि नेपालगन्जमा छुट्टै स्वास्थ्य केन्द्र स्थापना हुनु खुशीको कुरो भएको बताउनुभएको छ । लायन्स क्लबले नेपालगन्जमा आजदेखि संचालनमा ल्याएको लायन रामनारायण मधुमेह सेवा केन्द्रको उदघाटन गर्दै राज्यमन्त्री केसीले स्वास्थ्य केन्द्रका लागि प्रदेश सरकारवाट हुनसक्ने सहयोग उपलव्ध गराइने आश्वासन दिनुभयो ।
कार्यक्रममा लायन्स क्लबका पूर्व डिष्ट्रिक गभर्नर शेम शाक्यले मधुमेह सेवा केन्द्र निर्माणमा झण्डै २० लाख खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार, कुल खर्चमा लायन रामनारायणको परिवारबाट करिब १२ लाख बाँकी स्रोत लायन्स मेम्बर तथा क्लबहरुबाट जुटाइएको छ ।
उक्त मधुमेह सेवा केन्द्रमा अन्य स्वास्थ्य संस्थाहरुमा लिइने गरेको शुल्कभन्दा झण्डै ५० प्रतिशत कम शुल्कमा मधुमेह परीक्षण गरिने बताइएको छ । मधुमेहलगायत सेवा केन्द्रबाट लिभर, किड्नी संचालनको अवस्थाको परीक्षण समेत हुने लायन शाक्यले बताउनुभयो । केन्द्रमा २ जना कन्स्लटेन्ट चिकित्सकको व्यवस्था गरिएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.