नेपालगञ्ज, २६ असार । बाँके जिल्लाले प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा पहिलो भएको छ । दाङ्गमा भएको सो प्रतियोगितामा छिमेकी जिल्ला बर्दियालाई पछि पार्दै बाँकेले १९ स्वर्ण, ७ रजत र १० कास्य पदकसहित रनिङ्गशिल्डको उपाधिसमेत हात पारेको हो ।
प्रतियोगितामा बर्दियाले ९ स्वर्ण, ९ रजत र १२ कास्य पदकका साथ उपविजेता बनेको छ । दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदकका साथ तेस्रो र ६ स्वर्ण, ४ रजत र २ कास्य पदकका कपिलवस्तु जिल्लाले सान्त्वना जीत हासिल गरेको छ । एथलेटिक्सको छात्रतर्फ बाँकेका युबराज बिक र छात्रातर्फ दाङकी निशा चौधरी, उसुमा छात्रतर्फ बाँकेका सुदिप रोका मगर र छात्रातर्फ बर्दियाकी लिन्दा दहित उत्कृष्ट हुनुभएको छ ।
प्रतियोगिताको छनोटमा परेका खेलाडीहरुले असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने जनाइएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.