नेपालगञ्ज, २६ असार । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई १३ बुँदे ध्यानार्कषणपत्र बुझाउनुभएको छ । पछिल्लो समय देश दौडाहमा रहनुभएका अहिराजले आफूले देखेका जनताका पीरमर्का समेटेर तयार पारेको ध्यानाकर्षणपत्र शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई बुभाउनुभएको हो ।
ध्यानाकर्षणपत्रमा समयमै मल नपाएर किसानहरु मर्कामा परेकाले यसै आर्थिक वर्षभित्र प्रत्येक प्रदेशमा एक÷एक वटा रासायनिक मल कारखाना स्थापना गर्न तथा जैविक मल उत्पादन गर्ने व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहित गर्ने नीति अविलम्ब ल्याउनका लागि सरकारको ध्यानाकृष्ट गराइ दिन अनुरोध गरिएको छ । त्यस्तै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन, सीमामा नेपालीमाथि दुर्व्यवहार समस्या, महाकाली सन्धि, शुक्लाफाँटा आरक्ष विस्थापित समस्या, महाकाली दोहन समस्या, रोजगारीका लागि भारत जान बाध्य हुने समस्या समाधानमा सरकारलाई घच्घच्याउन राष्ट्रपतिलाई अनुरोध गरिएको छ ।
अहिराजले बुझाउनुभएको ध्यानाकर्षणपत्रमा कर्णालीको पर्यटन प्रवद्र्धन, स्याउ खेती र जडिबुटी उत्पादनमा पनि पहल गर्न माग गरिएको छ । त्यस्तै तराईको बाढी डुबानको समस्या समाधान, सीमा क्षेत्रका नागरिकहरूको हकमा विशेष ‘अध्ययन समिति’को खाँचो रहेकाले यसमा पहल गरिदिन राष्ट्रपतिको ध्यानाकर्षण गराइएको छ ।