नेपालगञ्ज, २५ असार । लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले वातावरणलाई प्रदुषणमुक्त बनाउन वृक्षारोपण गर्नुपर्नेमा जोड दिनुभएको छ । आज नेपालगन्जको वडा नं. १२ मा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री हमालले सबै वडा कार्यालयले वृक्षारोपण कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ भन्दै लुम्बिनी प्रदेश सरकार त्यसका लागि सहयोग गर्न तयार छ भन्नुभयो ।
सो वडा कार्यालय र स्वास्थ्यचौकी परिसरमा भएको वृक्षारोपणमा स्थानीयको पनि सहभागिता थियो । त्यस अवसरमा वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले वडाको सौन्दर्यकरण तथा हरियाली प्रबद्र्धनका लागि वृक्षारोपण गरिएको जानकारी दिनुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.