नेपालगञ्ज, २१ असार । बाँकेको राप्तीसोनारी गाउँपालिकाको ११औं गाउँसभामा प्रस्तुत आर्थिक तथा विनियोजन विधेयक संशोधनसहित पारित गरिएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत उक्त विधेयक आज संशोधनसहित सर्वसम्मतिले पारित भएको अध्यक्ष तप्त पौडेलले जानकारी दिनुभयो । असार १० गतेदेखि शुरु भएको गाउँसभाको असार १४ गतेको बैठकमा अध्यक्ष पौडेले गाउँपालिकाको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्नुभएको थियो । यसैगरी, गाउँसभाको आजको बैठकको बहुमतले न्यायिक समितिको समितिको सदस्यमा शेरबहादुर विक र सुशिला विक चयनलाई चयन गरेको छ । न्यायसमितिको संयोजकमा विधानतः उपाध्यक्ष रहने व्यवस्था छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.