नेपालगञ्ज, १८ असार । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यलाई सभ्य समाज निर्माणको कडीसंग जोडनुपर्ने बताउनुभएको छ । नेपालगञ्जको न्युरोडमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण गर्दै कुलपति उप्रेतीले साहित्यको भूमिकालाई प्राथमिकतामा राख्न राज्यपक्ष जिम्मेवार हुनुपर्छ भन्नुभयो । उक्त चोकलाई ’भानुभक्त चोक’ नामाकरण गरिएको छ । कुलपति उप्रेतीले नेपाली भाषाका प्राथमिककालिन अग्रणी स्रष्टा आचार्यलाई नेपालगन्जले सम्झीनु खुसीको कुरा भएको बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमाल, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य हरिप्रसाद तिमिल्सिना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो । भानुभक्तको उक्त शालिक लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले रु साढे १२ लाखको लागतमा निर्माण गरेको हो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.