• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा ‘विहेबारी बीस बर्षपारी’ सफलताको चुनौति

दुई परिवारको सहमतिमा हुने बालविवाह रोक्न नसकिने अधिकारकर्मीको भनाई

२०७९ असार १८ गते, शनिबार समय: १६:४९ मिनेट
0 0
0
बाँकेमा ‘विहेबारी बीस बर्षपारी’ सफलताको चुनौति

Child marriage. Illustration: Ratna Sagar Shrestha

0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, १८ असार । ‘विहेबारी बीस बर्षपारी’ सफलताको चुनौति बाँके जिल्लामा देखिएको छ । खासगरी समुदायस्तरमा यसको चुनौति देखिएको छन् । ‘बिहेबारी बीस वर्षपारी’ अभियानको सफलताका लागि जिल्लाका सचेत युवायुवती, किशोरकिशोरी र बालबालिकाहरु संस्थागतरुपमा जनेतनामूलक कार्यक्रममा लागि परे पनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालबिवाह रोक्न नसकिएकाले चुनौति देखिएको बाल अधिकारकर्मी साहिल अन्सारी बताउनुहुन्छ ।
बाँके जिल्लामा बालबिवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभए पनि बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको बुझाई छ । तथ्यांक अनुसार, जिल्ला प्रहरी कार्यालय, बाँकेमा लिखित र मौखिक गरी प्रत्येक आर्थिक वर्षमा सरदर ५० बढी उजुरी परे पनि दोषीमाथि यथेष्ट कानूनी कारवाही भएको पाइदैन । ‘उजुरीको संख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ’—बाल अधिकारकर्मी सिविन नेपाल, नेपालगन्जका प्रमुख सिद्धराज पनेरुको भनाई छ ।
दुई परिवारको सहमतिमा हुने बालबिवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनु पर्ने खाँचो रहेको छ । ‘हामीले नेपालगन्ज नगरपालिकासंगको सहकार्यमा बालबालिका र किशोरकिशोरीहरुका लागि संचालन गरेको चार बर्षे परियोजनाले बालविवाह, बालश्रम, बालअधिकार, उनीहरुको शिक्षा, स्वास्थ्य लगायतका अधिकारलाई धेरै हदसम्म व्यवस्थित गर्न सकेका छौ, तर यतिले मात्र नपुग्ने’—पनेरुको बुझाई छ ।
उहाँका अनुसार, जिल्लामा बढ्दै गएको बालबिवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले प्रहरीसंगको समन्वयमा काम गरिरहेका छन्, तर यो प्रयास पछि पनि बालबिवाह पूर्णरुपमा रोकिन भने सकेको छैन । नेपालको कानूनले बालबिवाह गर्ने र गराउनेलाई तीन बर्ष कैद र रु ३० हजारसम्म जरिवानको व्यवस्था गरेको छ । तर, बालविवाह रोकथामका लागि बनाईएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । जसका कारण बालबिवाहाका घट्नाहरु बढ्दै गएको अबस्था छ । बालबिवाह रोकथामका लागि स्थानीय सरकार र संघसंस्थाहरुले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ ।
बाँके जिल्ला मधेसी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो । बिशेष गरेर यो समुदायमा २० बर्ष नपुग्दै बिवाह गर्ने प्रचलन छ । तर, कानुनले २० बर्ष पछि बिवाह गर्न पाउने व्यवस्था गरेको छ । केहि महिनाअघि बाँकेमा छोरीको बिवाह १६ बर्षमै गर्न पाउँ भनेर माग समेत उठेको थियो । यो मागलाई समाजका अगुवाहरुले गैरकानुनी माग भनेर टिप्पणी गर्ने गरेका छन् भने समुदायको बहुमत पनि यसको पक्षमा देखिदैन् ।
पाँच वर्षअघि नेपालगन्जमा संचालन गरिएको बालमैत्री स्थानीय शासन अभियानमा बालबिवाह सम्बन्धि सूँचक समावेश गरिएपनि त्यसको कार्यान्वय पक्ष भने प्रभावकारी हुन सकेको छैन् । अभियान अन्तर्गतका कार्यक्रमले गति लिन नसकेपछि बालविवाह रोकथाम सम्बन्धि मुद्दा क्रमशः ओझेलमा पर्दै गएकोमा सरोकारवालाले चिन्ता समेत व्यक्त गर्न थालेका छन् ।
कूल २३ ओडा रहेको नेपालगन्ज उपनगरपालिकालाई पाँच वर्षअघि सन् २०१७ सम्म बालमैत्री नगर घोषणा गर्न ४० सूँचक तयार गरि कार्यक्रम संचालनमा ल्याइएको थियो । त्यसमध्ये बालविवाह रोकथामको सूँचक पनि त्यसमा समावेश गरिएको थियो । तर, सम्बद्ध निकायहरुबीच अभियानको कार्यक्रममा समन्वय नहुँदा निर्धारित समयमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुन सकेन । अभियानको कार्यक्रम संचालनमै रहेपनि समयावधि भने नतोकिएको नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताउनु भयो ।

अघिल्लो पोस्ट

स्वर्गीय कोइरालाको जनजयन्तीमा भेरी अस्पतालका विरामीलाई फलपूmल वितरण

अर्को पोस्ट

कोहलपुरमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रमको आयोजना

सम्बन्धित समाचार

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड
लुम्बिनी प्रदेश

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड

चैत १८ गते बाँके कांँग्रेसको जिल्ला सम्मेलन नेपालगञ्जमा हुँदै
राजनीति

चैत १८ गते बाँके कांँग्रेसको जिल्ला सम्मेलन नेपालगञ्जमा हुँदै

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न
लुम्बिनी प्रदेश

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण
लुम्बिनी प्रदेश

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण

बाँकेमा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम
राजनीति

बाँकेमा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम

क्रियाशील सदस्यलाई संगठित बनाउन नसकिएको शाहको गुनासो
राजनीति

क्रियाशील सदस्यलाई संगठित बनाउन नसकिएको शाहको गुनासो

अर्को पोस्ट
कोहलपुरमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रमको आयोजना

कोहलपुरमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रमको आयोजना

‘हरित सडक’ अभियान अन्तर्गत नेपालगञ्ज—कोहलपुर सडकखण्डमा वृक्षारोपण

‘हरित सडक’ अभियान अन्तर्गत नेपालगञ्ज—कोहलपुर सडकखण्डमा वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist