मानिस स्वस्थ हुन उसको शारिरीक संरचनामा हाडजोर्नी, नशा तथा मासपेशीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । हाडजोर्नी, नशा तथा मासपेशी बलियो हुनुमा मानिसको आहारबिहार तथा व्यायामलाई मुख्य कडीका रुपमा हेरिन्छ । तर, वर्तमान परिपेक्ष्यमा त्यसो हुन सकिरहेको छैन् । दिनभरको भागदौड, उपकरणसंगको मितेरी, तनावलगायतका कारणले मानिसको हाडजोर्नी, नशा तथा मासपेशी कमजोर हुँदै गइरहेको छ ।
मोबाइल फोन, टेलिभिजन, कम्प्युटर, फेसबुक लगायतसंगको प्रगाढ साइनोले पनि मानिसलाई दिन प्रतिदिन कमजोर बनाउदै लगेको छ । यी दुई साइनो मात्र होइन, रेष्टुरेण्टप्रतिको आकर्षण, बजारमा पाउने मिसावटका खाद्यान्न, फलफुल तथा तरकारीमा बिषादीको प्रयोग र त्यसको सेवनवाट पनि मानिसको हाडजोर्नी, नशा तथा मासपेशीलाइृ क्रमशः कमजोर बनाउदै लगेको छ ।
‘फिजियोथेरापिष्ट डा. खेमा भण्डारी भन्नुहुन्छ—‘मानिसले बिहानदेखि सुत्ने बेलासम्म आप्mनो खानपिन र कामकाजमा स्वास्थ्य अवस्थाको व्यवस्थापन र थोरै समयको व्यायामले हाडजोर्नी, नशा तथा मासपेशीवाट हुने जटिल रोगलाई पर राख्न सकिन्छ । तथापी, डा. भण्डारीले भने जस्तो सबै मानिसले आप्mनो जीवनशैलीमा यो कुरालाई अपनाएको पाइदैन् र उनीहरु यसको प्रभाववाट पीडित हुन पुग्छन् । डा. भण्डारीका अनुसार, हाडजोर्नी, नशाा तथा मासपेशीको सरल उपचार भनेकै फिजियोथेरापी हो ।’ मासपेशी, नशा तथा हाडजोर्नी कमजोर हुनु, खुम्चिनु, हड्डी खिइनु, नशा च्यापिनु, प्यारालाइसिसलगायतको उपचार पद्दती नै फिजियोथेरापी हो ।
नेपालगञ्जमा यो अवस्थाका पीडितहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । फिजियोथेरापिष्ट डा. भण्डारीले नेपालगन्जमा संचालन गर्नुभएको ‘मनमाया मेमोरियल फिजियोथेरापी सेन्टर’ मा हाडजोर्नी, नशा तथा मासपेशी रोगवाट पीडित हुनेको संख्या बढिरहेकोको अवस्थाले पनि मानिसमा हाडजोर्नी, नशा तथा मासपेशी समस्याप्रति संकेत गरेको छ । ‘हाम्रो यहा दैनिक ३० जना विरामी आउने गरेका छन्’—डा. भण्डारीको भनाइ छ । उहाँका अनुसार, यो अवस्थावाट पीडित दुरदराजका मानिसहरु त क्लिनिकसम्म पुग्नै सक्दैनन् । डा. भण्डारीको सुझाव छ—‘सरकारले हाडजोर्नी, नशा तथा मासपेशीको विग्रदो स्वास्थ्य अवस्थालाई जटिल स्वास्थ्य समस्याका रुपमा लिनुपर्छ र त्यसको व्यवस्थापनको चाँजोपाँजो मिलाउनु पर्छ ।’
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.