नेपालगञ्ज, १४ असार । स्थानीय तह निर्वाचन २०७९ मा मानवअधिकारसंग जोडिएका सवालमा मंगलवार नेपालगञ्जमा समिक्षात्मक अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागि अधिकांश वक्ताहरुले निर्वाचन समष्टिगतरुपमा भयरहित र शान्तिपूर्ण भएको धारणा राखेका थिए । कार्यक्रममा बाँके जिल्ला अदालतका मुख्य न्यायाधीश खडानन्द तिवारीले निर्वाचनका चुनौती, सुधार गर्नु पर्ने बिषय र आगामी निर्वाचनमा गर्नैपर्ने कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
राष्ट्रिय मानव अधिकार नेपालगञ्जको आयोजना तथा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग र आम निर्वाचन पर्यवेक्षण समितिको समन्वय तथा सहकार्यमा भएको कार्यक्रममा प्रस्तुत कार्यपत्रमा मतदान केन्द्र सुधारको पक्षलाई मुख्यरुपमा औल्याइएको छ । त्यस अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेलगायतले पनि बोल्नु भएको थियो । अन्तरक्रिया कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख झंकर रावलको सभापतित्वमा भएको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.