• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

आयात रोक्दारोक्दै एकै कम्पनीले खोल्यो ६०० गाडीको एलसी, सूचना चुहिएको आशंका

२०७९ बैशाख ९ गते, शुक्रबार समय: १५:१८ मिनेट
0 0
0
आयात रोक्दारोक्दै एकै कम्पनीले खोल्यो ६०० गाडीको एलसी, सूचना चुहिएको आशंका
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

९ वैशाख, काठमाडौं । बिलासी वस्तुको आयातको प्रतीतपत्र (एलसी) खोल्न रोक्ने निर्णय हुने निश्चित भएपछिको अन्तिम समयमा विवादास्पद पृष्ठभूमिका व्यापारीहरुको एक कम्पनीले ठूलो संख्यामा बिलासी गाडीको आयातका लागि प्रतीतपत्र खोलेको खुलासा भएको छ ।

राष्ट्र बैंकबाटै सूचना बाहिरिएपछि एक कम्पनीले एलसी रोकिनुभन्दा ठीक ४ दिनअघि एकैपटक ७० करोड रुपैयाँभन्दा बढीको गाडी आयातको अनुमति पाएको खुलेको हो ।

अफसोर लगानीमा संलग्न विवादित व्यापारी सुहृद घिमिरे र पुरुषोत्तम पौड्यालको गाडी बिक्री गर्ने कम्पनीले आयातमा प्रतिवन्ध लाग्ने पूर्वसूचनाका आधारमा १० दिनभित्रै दुई पटकसम्म एलसी खोलेको राष्ट्र बैंक स्रोतको दावी छ । राष्ट्र बैंकले अर्थतन्त्रको सुधारका लागि आयातमा प्रतिबन्ध लगाउने वस्तुको सूची तयार पारेर अर्थ मन्त्रालयलाई बुझाउनुअघि नै केन्द्रीय बैंकबाट सूचना चुहिएको थियो ।

त्यही सूचनाका आधारमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ६३० वटा बिलासी कार आयातका लागि नबिल बैंकमार्फत एलसी खोलेको भेटिएको छ । कन्टिनेन्टल नेपालका लागि कोरियन कम्पनी किया मोटर्सको आधिकारिक बिक्रेता हो ।

शंकास्पद ढंगबाट सूचना बाहिरिएको दावी गर्दै सरकारले चैत २३ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट अधिकारी पुनः काममा फर्किएका छन् । अल्पकालीन अन्तरिम आदेशसँगै अधिकारी माथि सरकारले पुरुषोत्तम भण्डारीको नेतृत्वमा बनाएको जाँचबुझ समिति पनि निष्कृय भएको छ । यही बेला राष्ट्र बैंकबाट सूचना चुहिँदा व्यापारिक समूहले लाभ लिने गरी ठूलो मात्रामा गाडी आयातको लागि विदेशी मुद्रा बाहिरिने गरी अनुमति दिएको खुलेको हो ।एलसीबारे अनलाइनखबरको जिज्ञासामा नबिल बैंकले यो सूचना सार्वजनिक गर्न नमिल्ने बतायो । यसैगरी गभर्नर महाप्रसाद अधिकारीले आफू अहिले प्रतिक्रिया दिन असमर्थ रहेको बताए ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सवारी साधनसहितका वस्तुको आयात रोक्ने सूची अर्थमन्त्रालयमा बुझाउनुअघि र पछिको छोटो अवधिमा सूचना चुहिएका कारण किया मोटर्सका लागि एकैपटक ६३० थान कार आयातको एलसी ९आयातमा गरिने भुक्तानीको बैंक ग्यारेण्टी० जारी भएको छ ।

‘विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सवारी साधनसहितका वस्तुको आयात रोक्ने सूची अर्थमन्त्रालयमा बुझाउनुअघि र पछिको छोटो अवधिमा सूचना चुहिएका कारण किया मोटर्सका लागि एकैपटक ६३० थान कार आयातको एलसी ९आयातमा गरिने भुक्तानीको बैंक ग्यारेण्टी० जारी भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘कम्पनीले डीईए सोनेट ३८० थान र किया सेल्टोस २८० थान गरी कुल ६३० थान गाडी आयातका लागि बैंकबाट एलसी खोलेको छ ।’ कम्पनीले कुल ७० करोड ८ लाख ८६ हजार ८७२ रुपैयाँमा गाडी किन्ने गरी एलसी खोलेको हो ।

१ देखि २२ चैत, २०७८ सम्म खुलेका एलसीको विवरणअनुसार गाडी आयातमा सबैभन्दा बढी एलसी कियाका लागि नबिल बैंकले खोलेको छ । कार आयातका लागि अन्तिम एलसी जारी भएलगत्तै राष्ट्र बैंकले सवारी साधनसहितका वस्तुको आयात रोक्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो ।

६ दिनको फरकमा अर्को स्वीकृति

कन्टिनेन्टल ट्रेडिङ प्रालिले ६ दिनको फरकमा ठूलो मात्रामा कार आयातको एलसीको स्वीकृति पाएको हो । २८० थान सेल्टेस गाडीको आयातका लागि २०७८ चैत ११ गते एलसी स्वीकृत भएको थियो भने ३८० थान सोनेट कारका लागि १७ चैतमा एलसी स्वीकृत भएको अनलाइनखबरलाई प्राप्त कागजातमा देखिन्छ । नबिल बैंकले सेल्टेस गाडीको लागि एलसी नम्बर ‘२२ डीसी ०१ आईएनएफम’बाट २३ करोड ४९ लाख ५२ हजार ५९५ भारतीय रुपैयाँमा र सोनेट कारका लागि एलसी नम्बर ‘२२ डीसीडी १ आईएनएफ’बाट २० करोड ३१ लाख एक हजार ७ सय भारतीय रुपैयाँको एलसी जारी गरेको देखिन्छ ।

नेपाली बजारमा सेल्टेस गाडी ४८ देखि ८० लाख रुपैयाँसम्मा बिक्री हुन्छ भने किया सोनेटको मूल्य ३५ लाखबाट सुरु भएर ६० लाख रुपैयाँसम्म पर्छ ।

‘एक महिनाको अवधिमा नै शोधानान्तर ५० अर्बले घटेपछि आयात रोक्नेबारे पटक–पटक अर्थमन्त्रालय र राष्ट्र बैंकबीच छलफल भएको थियो, राष्ट्र बैंकले नीतिगत व्यवस्थाको तयारी थालेपछि एकैपटक ठूलो संख्यामा कुनै व्यापारिक समूहले गाडी ल्याउने गरी एलसी खोल्नु संयोग मात्रै हैन,’ स्रोत भन्छ, ‘रोक लगाउनुअघि दुई पटकसम्म एलसी खुल्नु नै सूचना बाहिरिएको बलियो आधार हो ।’

सुहृद घिमिरे र पुरुषोत्तम पौड्याल

नबिल बैंकबाट जारी एलसीअनुसार आगामी जेठ १० गतेबाट सेल्टेस कारको आयात सिपमेन्ट सुुरु हुनेछ भने २४ जेठबाट सोनेट गाडीको सिपमेन्ट हुने देखिन्छ ।

१ देखि २२ चैतसम्म सवारी साधन र यसको पार्टपूर्जा आयातका लागि एक अर्ब १३ करोड ९६ लाख २४ हजार ९७९ रुपैयाँको २४ वटा एलसी खुलेको थियो । जसमा कियाको गाडीको हिस्सा ७० करोडभन्दा बढीको छ । आयात रोकेपछि अन्य गाडीको आपूर्ति प्रभावित भएको अवस्थामा अब कियाका काडीले केही समय एकछत्र बजार पाउने देखिएको छ ।

एलसीबारे अनलाइनखबरको जिज्ञासामा नबिल बैंकले यो सूचना सार्वजनिक गर्न नमिल्ने बतायो । नबिल बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले आफ्नो ग्राहकको व्यक्तिगत कारोबारको सूचना दिन कानुनले रोकेको बताए ।

कन्टिनेन्टल ट्रेडिङ प्रालि कोरियाली कार निर्माता कम्पनी कियाका बिलासी कार, निर्माणजन्य सवारी साधन र औद्योगिक मेसिनरीको आयात र बिक्री गर्ने कम्पनी हो । काठमाडौं गैरीधारामा कार्यालय रहेको यो कम्पनीको अध्यक्ष सुहृदराज घिमिरे हुन् भने उनका व्यावसायिक साझेदारमा पुरुषोत्तम पौड्याल छन् ।

घिमिरे र पौड्याल दुवै विवादास्पद छवीका व्यापारी हुन् । घिमिरे र पौड्याल बालुवाटार जग्गा प्रकरणमा समेत आरोपित छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा दायर गरेको आरोप–पत्रअनुसार पौड्याल र घिमिरेकी सासू इन्दु शर्माको नाममा बालुवाटारको विवादित जग्गा छ ।

यस्तै अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे)ले विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा सार्वजनिक गरेको ‘प्यान्डोरा पेपर्स’मा घिमिरे र उनका व्यावसायिक साझेदार पौड्यालको ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता रहेको पाइएको थियो ।

१७ असोज २०७८ मा सार्वजनिक भएको उक्त विवरणअनुसार घिमिरे र पौड्यालले सन् २००९ मा ब्रिटिस भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेका हुन् । उनीहरुमाथि नेपालमा अवैध रुपमा आर्जन सम्पत्तिलाई कर छली गरेर विदेशमा लुकाउने आरोप छ ।

राष्ट्र बैंकबाट पूर्वसूचना चुहाएर गाडीको एलसी खोलेकोबारे कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले एलसी बन्द हुनुभन्दा अघि खुल्नु संयोग मात्रै भएको बताए । ‘हामी कुनै चलखेल गर्ने कम्पनी होइनौं, प्रत्येक ३ महिनामा हामीले ५ सयको हाराहारीमा गाडी आयात गर्छौं,’ उनले भने, ‘हामीले खोलेको एलसी नियमित हो ।’

सूचना चुहिएकाबारे जानकारी लिन खोज्दा गभर्नर महाप्रसाद अधिकारीले आफू अहिले सञ्चारमाध्यमसँग कुनै पनि विषयमा प्रतिक्रिया दिन असमर्थ रहेको बताए ।

अघिल्लो पोस्ट

हुम्लाको मासपुर गाउँबाट मतदान केन्द्र पुग्न १० घण्टा !

अर्को पोस्ट

फिल्मकर्मीले भेटे गृहमन्त्री, एक साताभित्रै बक्स अफिस जडान गर्न बोर्डको निर्देशन

सम्बन्धित समाचार

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान
उर्जा / कृषि

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान

सबै सहकारी खराब र ठग हुन् भन्ने भाष्य निर्माण गरिनु हुदैन-मन्त्री अधिकारी
बैंक वित्त

सबै सहकारी खराब र ठग हुन् भन्ने भाष्य निर्माण गरिनु हुदैन-मन्त्री अधिकारी

सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो
बैंक वित्त

सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो

कोहलपुर न्यु सिटीमा खडेरी खरीद गर्नेलाई नयाँ वर्ष २०८२ मा छुटैछुटको व्यवस्था
लुम्बिनी प्रदेश

कोहलपुर न्यु सिटीमा खडेरी खरीद गर्नेलाई नयाँ वर्ष २०८२ मा छुटैछुटको व्यवस्था

पौवाको ‘स्वाद उत्सव’ मा भण्डै दुई लाख सहभागि, नयाँ वर्षमा ‘न्यु इयर इभ’
राष्ट्रिय

पौवाको ‘स्वाद उत्सव’ मा भण्डै दुई लाख सहभागि, नयाँ वर्षमा ‘न्यु इयर इभ’

चैत २५ गतेदेखि होटल पौवाको ‘स्वाद उत्सव’, दुई लाख सहभागि हुने अपेक्षा
राष्ट्रिय

चैत २५ गतेदेखि होटल पौवाको ‘स्वाद उत्सव’, दुई लाख सहभागि हुने अपेक्षा

अर्को पोस्ट
फिल्मकर्मीले भेटे गृहमन्त्री, एक साताभित्रै बक्स अफिस जडान गर्न बोर्डको निर्देशन

फिल्मकर्मीले भेटे गृहमन्त्री, एक साताभित्रै बक्स अफिस जडान गर्न बोर्डको निर्देशन

काठमाडौंको मेयरमा राप्रपाबाट कलाकार मदनदास श्रेष्ठ सिफारिस

काठमाडौंको मेयरमा राप्रपाबाट कलाकार मदनदास श्रेष्ठ सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist