• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नयाँवर्षको पूर्व सन्ध्यामा शुभकामना साँझ–२०८३

२०८२ चैत्र २४ गते, मंगलवार समय: २०:२२ मिनेट
0 0
0
होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालीले आफ्नो गौरबमय १० वर्ष पूरा गरेको छ । १० वर्ष अघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको पौवाले १० वर्षे गौरवमय यात्रा पूरा गरेको हो ।

नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डीङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा “स्वाद उत्सव” कार्यक्रम आयोजना गर्ने भएको छ । स्थापना दिवस, स्वाद उत्सव र नयाँ वर्ष शुभकामना साँझको बारेमा जानकारी दिन होटल पौवा नेपालगन्जले आज पत्रकारहरुबा बीच अन्तरक्रियात्मक भेटघाट गरेको छ ।

सो भेटघाटमा बोल्दै होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले १९ जनाको लगानीबाट सुरु भएको पौवामा २५० बढी लगानीकर्ता, १ हजार बढी कर्मचारी र २० वटा शाखा विस्तार भएको जानकारी दिए । उनले १० वर्षमा १ सय शाखाको लक्ष्यका साथ अगाडी बढेको पौवाले कोभिड, भूकम्प जस्ता दुर्घटनाका कारण लक्ष्य हासिल गर्न नसकेको बताए । आगामी चैत्र २८ गते लगानीकर्ताहरुबीच लगानी सम्मेलन आयोजना गरिएको जनाउँदै अध्यक्ष भण्डारीले आगामी १० वर्षमा १०० शाखाको लक्ष्य पुरा हुने दृढता ब्यक्त गरे ।

उनले पौवामा कार्यरत कर्मचारीलाई नै शेयर सदस्यमा थप्दै पौवाले युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको दाबी गरे । ‘कर्मचारीलाई शेयर धनी बनाउँदै लैजाँदा संस्थाप्रति अपनत्व बढ्ने र स्वदेश मै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको पाएका छौं,’ उनले भने, ‘विदेश पलायनलाई केही नियन्त्रण गर्न यो अभियान सफल देखिएको छ ।’

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भण्डारीले पौवा स्थापना अघि संचालनमा रहेको पैचो पसल सञ्चालनको अनुभवका आधारमा नेपालमै उत्पादन भएको होटल रेसीपीबाट पनि होटलमा छुट्टै स्वाद दिन सकिने देखेर पौवाको जन्म भएको जानकारी दिए ।

यही चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कार सहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको होटल पौवानेपालगन्जका महाप्रबन्धक गिरीराज पाण्डेले बताए । कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको पाण्डेले बताए । पौवाको उत्कृष्ट आतिथ्यलाई स्वीकार गर्दै आमन्त्रित सबै महानुभावहरू उत्सवमा सहभागी हुन उनले आग्रह गरे ।

रुपन्देहीको सालझण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका बिभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ । छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको छ । “जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ । एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो ।“मिसन १००”संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको ब्राण्डिङ विभाग प्रमुख भण्डारीले बताउनुभयो । ‘मिसन १००’अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा उक्लिने दिशामा अघि बढ्ने योजना रहेका छ ।

होटल पौवा सञ्जालमा हाल झण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको कम्पनीका ब्राण्ड विभागका प्रमुख विष्णु भण्डारीले बताए । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाएको उनले जनाए ।

नेपाली कला संस्कृति र परम्परालाई बिबिध कार्यक्रमहरु मार्फत प्रबद्र्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि बिशेष कार्यक्रम सहित गर्ने तयारी गरेको होटल पौवा, नेपालगन्जका महा प्रबन्धक पाण्डेले जानकारी दिए । नयाँवर्षको स्वागतमा चैत्र ३० गतेको साँझ पौवा नेपालगन्ज शाखामा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक कार्यक्रम सहित ‘शुभकामना साँझ—२०८३’आयोजना हुने पाण्डेले बताए ।

चैत्र ३० गते साँझ नेपालगन्जमा हुने ‘शुभकामना साँझ—२०८३’ मा ख्यातीप्राप्त आधुनिक गायक कमल खत्री र गायीका समिक्षा अधिकारीको प्रस्तुती रहने उहाँले बताउनभयो । उहाँका अनुसार चर्चित प्रस्तोता समिरमान श्रेष्ठको उदघोषणमा सञ्चालन हुने कार्यक्रममा स्थानीय मोहिनी डान्स ग्रुपको साँगीतिक प्रस्तुती रहनेछ भने गायक प्रिन्स ठकुरीको समेत प्रस्तुती रहने छ ।

होटल पौवाले नेपाली मौलिक परम्परामा आधारित बिभिन्न जातीजनजातीका चाड तथा पर्वहरुमा बिशेष कार्यक्रम गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ । ब्राण्डिङ प्रमुख भण्डारीका अनुसार दशैपछिको पूर्णीमाको सराय नाच, तिहारको देउसी भैला, माघीको खिचडी, महाशिवरात्रीमा शीव भजन जस्ता पर्वहरुमा ग्राहकहरुको उपस्थितीमा पौवाका शाखाहरुमा बिशेष उत्सव हुने गरेको छ । चैत्र २५ गते स्थापना दिवसका अवसरमा देशैभरका शाखाहरुले बिभिन्न सामाजिक कार्य गर्ने तय भएको पनि भण्डारीले बताए । भण्डारीका अनुसार नेपालगन्ज शाखाले मानवसेवा आश्रमका आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम रहेको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा आयोजना हुने ‘स्वाद उत्सव’ कार्यक्रम तथा ‘शुभकामना साँझ—२०८३’मा सहभागी भई नेपाली स्वाद र आतिथ्यको अनुभव तथा मनोरञ्जन लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई हार्दिक आमन्त्रण गरेको छ ।

अघिल्लो पोस्ट

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

अर्को पोस्ट

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

सम्बन्धित समाचार

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
लुम्बिनी प्रदेश

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता
लुम्बिनी प्रदेश

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित
खेलकुद

नेपालगञ्ज च्याम्प्स फाइनलमा, UVCC २८ रनले पराजित

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो
लुम्बिनी प्रदेश

ग्रेस पब्लिक स्कुलले १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 
लुम्बिनी प्रदेश

मानवबेचविखन नियन्त्रण गर्न सहकार्य 

अर्को पोस्ट
पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist