• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

२०८३ जेष्ठ ६ गते, बुधबार समय: २०:०८ मिनेट
0 0
0
युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, ६ जेठ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको “प्रदर्शनी तथा ग्यालरी प्रस्तुति कार्यशाला गोष्ठी कार्यक्रम” मधुवन–१ मा सम्पन्न भएको छ ।

ग्रीन इकोनोमी परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारी तथा राजापुर नगरपालिका एवं ठाकुरबाबा नगरपालिकाको समन्वयमा सो कार्यशाला संचालन गरिएको हो ।

बाँके युनेस्को क्लबकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य उद्देश्य युवा महिला उद्यमीहरूले संचालन गरिरहेका हरित उद्यमहरूको प्रवद्र्धन, प्रदर्शन तथा सुदृढीकरण गर्नु रहेको थियो । सो कार्यक्रममार्फत उद्यमी, स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाबीच अनुभव आदानप्रदान, संवाद तथा स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने प्रयास गरिएको जनाईएको छ ।

कार्यक्रममा राजापुर नगरपालिका वडा नम्बर ५, ६, ८ र १० तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर २, ३, ४ र ५ का वडा अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो । त्यस्तै नगरपालिकाका उद्यम विकास शाखा, रोजगार शाखा तथा पशु सेवा शाखाका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको कार्यक्रममा राजापुर र ठाकुरबाबा नगरपालिकाका युवा महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवात ग्रीन इकोनोमी परियोजनाका परियोजना अधिकृत राधे थारुले गर्नुभएको थियो भने स्वागत मन्तव्य फिल्ड सुपरभाइजर सञ्जिता रिजालले राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण विनय दिल लामाले गर्नुभएको थियो ।

कार्यक्रममा हरित उद्यमको अवधारणा, यसको महत्व तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सफल अभ्यासबारे प्रस्तुति गरिएको थियो । साथै युवा उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रत्यक्ष प्रदर्शनी तथा अवलोकन पनि गरिएको थियो । खुला छलफलमार्फत उद्यमीहरूले आफ्ना व्यवसायसम्बन्धी अनुभव, नाफा–नोक्सान, उत्पादनको बजारीकरण, चुनौती तथा अवसरका विषयमा विचार आदानप्रदान गरेका थिए ।

राजापुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता असराज न्यौपानेले स्थानीय रूपमा उपलब्ध बेत, बाँस तथा अन्य स्रोतसाधन प्रयोग गरी तयार गरिएका हस्तकलाका सामग्रीहरूको प्रशंसा गर्दै यस्ता उत्पादनले स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले यस्ता सीपमा आधारित साना उद्यमहरूले महिलालाई आत्मनिर्भर बनाउनुका साथै रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।

त्यसैगरी ठाकुरबाबा नगरपालिकाका रोजगार शाखा संयोजक रविन्द्र अर्यालले स्वरोजगार कोषमार्फत व्यवसाय विस्तारका लागि सहुलियतपूर्ण ऋण उपलब्ध हुने जानकारी दिनुभयो । उहाँले यस्ता अवसरले स्थानीय उद्यमलाई प्रोत्साहन गर्दै युवालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष पञ्चम गुरुङले युवा उद्यमीहरूले डिजिटल माध्यमको प्रभावकारी प्रयोग गरी आफ्ना व्यवसायको प्रचारप्रसार र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल प्लेटफर्ममार्फत व्यवसायको बजार विस्तार तथा ग्राहक पहुँच बढाउन सकिने उल्लेख गर्दै स्थानीय सरकारले समेत युवा उद्यमीहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

अघिल्लो पोस्ट

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

अर्को पोस्ट

बालअधिकार समीक्षा र योजना तर्जुमा

सम्बन्धित समाचार

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

अर्को पोस्ट
बालअधिकार समीक्षा र योजना तर्जुमा

बालअधिकार समीक्षा र योजना तर्जुमा

बर्दियाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बर्दियाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist