नेपालगञ्ज, ३१ साउन । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा “फरक सन्दर्भ, साझा आकांक्षा” भन्ने मूल भावका साथ बर्दियाको मधुवन नगरपालिकामा युवाकेन्द्रित सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । मधुवन नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा जिल्ला प्रहरी कार्यालय, बर्दियाको समन्वयमा सञ्चालन गरिएको हो ।
लागु औषध दुर्ब्यशानी विरुद्ध बिधार्थी हरुलाई सचेतना जगाउने उदेश्यले शुक्र माध्यमिक विद्यालय, भृकुटी माध्यमिक विद्यालय र धर्मज्योति माध्यमिक विद्यालयका बालबालिका हरुलाई अभिमुखिकरण गरियको हो
मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको प्रमुख अतिथिका गरियको कार्यक्रममा महिला, बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा, शिक्षा शाखा प्रमुख नारायण खनाल,वडा अध्यक्ष हर्क बहादुर बस्नेत ,दिलिप गुरुङ , वडा सचिब शोभा शर्मा ,बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के., फिल्ड सुपरभाइजर सबित्रा भाट, साथै शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै अर्थपूर्ण, सक्रिय र समावेशी युवा सहभागिता प्रवर्द्धन गर्ने,विद्यार्थी तथा युवाहरूलाई लागुऔषध दुर्व्यसन र यसका नकारात्मक प्रभावहरूबारे सचेत गराउने, लागुऔषध दुर्व्यसनका कारण, प्रभाव, रोकथाम तथा न्यूनीकरणका उपायबारे जानकारी तथा छलफल गर्ने ,युवाहरूलाई सचेत, स्वस्थ, जिम्मेवार र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने ,युवा पुस्तालाई आफ्नो परिवार, समुदाय र समाजको सकारात्मक रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने उदेश्यले संचालिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षकले लागुऔषध दुर्व्यसनसम्बन्धी महत्वपूर्ण सचेतनामूलक तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गर्नुभएको थियो । सत्रमा लागुऔषध प्रयोगका प्रमुख कारणहरू, यसको शारीरिक तथा मनोसामाजिक असर, शिक्षा तथा पारिवारिक जीवनमा पर्ने प्रभाव, कानुनी परिणाम, रोकथामका उपाय तथा उपलब्ध सहयोग र सेवाका विषयमा जानकारी प्रदान गरिएको थियो ।
विद्यार्थीहरूले अन्तरक्रियामा उत्साहपूर्वक सहभागिता जनाउँदै साथीहरूको दबाब (Peer Pressure), लागुऔषध प्रयोग, रोकथाम तथा आवश्यक सहयोग कसरी प्राप्त गर्ने भन्ने विषयमा जिज्ञासा तथा प्रश्नहरू राखेका थिए। यस अन्तरक्रियाले युवाहरूलाई आफ्ना चिन्ता र जिज्ञासा व्यक्त गर्दै सही निर्णय लिन तथा आफ्नो भविष्यप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको थियो ।
कार्यक्रमले विद्यार्थी तथा युवाहरूमा लागुऔषध दुर्व्यसनका जोखिम र यसका दीर्घकालीन असरबारे सचेतना अभिवृद्धि गर्दै सकारात्मक, स्वस्थ र जिम्मेवार जीवनशैली अपनाउन उत्प्रेरित गरेको छ । साथै, बालबालिका तथा युवासँग सम्बन्धित चुनौतीहरू समाधान गर्न स्थानीय सरकार, विद्यालय, सुरक्षा निकाय, परिवार, समुदाय तथा नागरिक समाज संस्थाबीचको सहकार्य र सामूहिक जिम्मेवारी अझ महत्वपूर्ण हुने सन्देशसमेत प्रवाह गरेको छ ।
कार्यक्रमले मधुवन नगरपालिका, विद्यालय, जिल्ला प्रहरी कार्यालय र बाँके युनेस्को क्लबबीच बालबालिका तथा युवासँग सम्बन्धित सवालहरूमा समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाएको छ । सहभागीहरूले बालबालिका तथा युवाका लागि सुरक्षित, सहयोगी, समावेशी तथा लागुऔषधमुक्त वातावरण निर्माण गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
समापन मन्तव्यका क्रममा नगर प्रमुख तथा अन्य प्रतिनिधिहरूले युवाहरू विकासका लाभग्राही मात्र नभई विकास र सामाजिक रूपान्तरणका महत्वपूर्ण साझेदार तथा परिवर्तनका संवाहक भएकोमा जोड दियका थिय । युवाहरूलाई आफ्नो ज्ञान, सीप, सिर्जनशीलता तथा नेतृत्व क्षमताको सदुपयोग गर्दै लागुऔषध दुर्व्यसन, मानव बेचबिखन तथा अन्य बाल संरक्षणसम्बन्धी चुनौतीहरू समाधान गर्न अग्रसर हुन प्रेरित गरिएको थियो।






