• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

२०८२ फाल्गुन १६ गते, शनिबार समय: १८:२४ मिनेट
0 0
0
बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति संयोजक गोपाल प्रसाद अधिकारीसँग फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसँग केन्द्रीत कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । समग्रमा अहिलेको निर्वाचनलाई के कसरी हेर्नुभएको छ ?

आसन्न प्रतिनिधिसभा निर्वाचन विशेष परिस्थितिमा भइरहेको छ । यो निवार्चनलाई अत्यन्तै महत्वका साथ हेरिएको छ । अहिले देश अस्थिर र संवैधानिक संकटमा छ । राजनीति प्रदुषित छ । यी सबै कुरालाई लिकमा ल्याउने माध्यम नै निर्वाचन हो । यो अपरिहार्य पनि थियो । आम मतदाताले यो निर्वाचनलाई निकास दिने अवसरका रुपमा सदुपयोग गर्नुपर्ने अवस्था छ ।

काँग्रेस बाँकेका कार्यवाहक सभापति एवं निर्वाचन परिचालन मूल समितिको संयोजकका रूपमा तपाईंले के कसरी भूमिका निर्वाह गरिराख्नु भएको छ ?

पार्टीको दोहोरो भूमिकामा छु । कार्यवाहक सभापतिको रुपमा निर्वाचनका क्रममा अपनाउनुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरिरहेको छु । निर्वाचनका विधि, प्रक्रिया, सीमा र आचारसंहितालाई पनि पालना गर्नुपर्ने दायित्व छ । अर्कोतिर काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने दायित्व छ । निर्वाचनका लागि पार्टीका विभिन्न पंक्ति र तह, भ्रातृ संघ संगठन परिचालन गरिएको छ । काँग्रेसका उम्मेदवारलाई जिताउन सवै पक्षसमक्ष सौहार्दपूर्ण रुपमा प्रस्तुत भइरहेका छौं । उम्मेदवारहरुद्वारा घर दैलोमा पुगेर मतदाताका कुरा सुन्ने, पार्टीको पछिल्लो नीति र एजेण्डा राख्ने र मत माग्ने कार्य भइरहेको छ । निर्वाचनलाई सहज, प्रभावकारी र आफ्नो पक्षमा बनाउन विभिन्न समिति गठन गरी जिम्मेवारीसहित परिचालन गर्ने काम गरिएको छ । पार्टी सभापति गगन थापालाई बोलाएर नेपालगञ्जमा भव्य चुनावी सभा गरियो । बाँके जिल्लालाई काँग्रेसमय बनाउने बातवरण सिर्जना गरियो । जिल्लाको चुनावी अवस्थाको समग्र अनुगमन गरी पार्टीका जिम्मेवार व्यक्तिलाई आवश्यक निर्देशन दिने गरिएको छ ।

३ वटै क्षेत्रमा काँग्रेसका उम्मेदवार मैदानमा छन् ? कुन–कुन क्षेत्रमा कस्तो अवस्था छ ?

नेपाली काँग्रेसका सबै उम्मेदवार उत्साहपूर्ण रुपमा फिल्डमा खटिएका छन् । काँग्रेसका उम्मेदवार घरदैलोमा पुग्दा आम मतदाताले स्वागत गरिरहेका छन् । काँग्रेसका उम्मेदवारप्रति मतदाताको सकारात्मक धारणा छ । उत्साह र हौसला पाउनुभएको छ । उम्मेदवारले आ–आफ्ना घोषणा पत्रहरु सार्वजनिक गरिसकेका छन् । घोषणापत्रहरु आम मतदाता लक्षित र स्थानीय मुदामा केन्द्रीत छन् । क्षेत्रगत अनुसार पार्टीका सबै संरचना र जिम्मेवार साथीहरु स्वयं उम्मेदवार सरह परिचालित छन् । बाँकेका सबै क्षेत्रमा हामी अग्रपंक्तिमा छौं । साथै काँग्रेसले नीति र नेतृत्व फेरेपछि केन्द्रबाट नै पार्टी सुधारिएर आएको आम बुझाई छ । यसले पनि हामीलाई थप मजबुत बनाएको छ ।

तीन वटै उम्मेदवारका विषयमा के कसरी मूल्यांकन गर्नुहुन्छ ?

सबै क्षेत्रका उम्मेदवार योग्य र भरपर्दो हुनुहुन्छ । क्षेत्र नं. १ मा काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल उम्मेदवारका रुपमा रहनुभएको छ । कहीँकतै कहिल्यै पनि विवादमा नपरेको, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ । पार्टीमा निरन्तर योगदान दिएको, कार्यकर्तामाझ भिजेको, सामाजिक मुद्दा उठान गर्ने समाजसेवी हुनहुन्छ । द्वन्दकालमा समेत संगठन निर्माणमा क्रियाशील, इमान्दार र अनुभवी भएकाले आम मतदाताले नजिकबाट बुझेका छन् र रुचाएका छन् । संकटको सारथीको रुपमा पनि आम मतदाताले लिएका छन् ।

क्षेत्र नं. २ का उम्मेदवार शुधान्सु कोइराला युवा पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ । किशोरावस्थाबाटै राजनीतिमा लागेको इमान्दार, भरोसायोग्य व्यक्ति हुनुहुन्छ । राजनीतिक (पारिवारिक) पृष्ठभूमि, राजनीतिक संस्कार, स्वच्छ छवि, निष्कलंक व्यक्ति हो । युवाहरुले माया, विश्वास र भरोसा गरेका व्यक्ति कोइरालालाई अब आम मतदाताले पनि विश्वास गर्ने बातावरण बनेको छ ।

क्षेत्र नं. ३ का उम्मदवार अमर सिंह पुन अनुभवी, अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने, विवादमा नपरेको र स्थानीय मुद्दाको सुनुवाई गर्न सक्ने क्षमता भएको, पार्टीको केन्द्रसम्म पहुँच भएको सरल व्यक्तित्व हुनुहुन्छ । आम मतदाताले सबै उम्मेदवारप्रति माया र विश्वास प्रकट गरेका छन् । मत हालेर जिताउँछन् भन्ने विश्वास गरेको छु ।

निर्वाचन प्रचारप्रसारमा तपाईं आफैं अगुवाई गरिरहनुभएको छ । समग्रमा के कस्तो पाउनुभयो ?

पार्टीको धेरै जिम्मेवारी छन् । सबै क्षेत्रमा सबै प्रकारले प्रचारप्रसार भइरहेको छ । जिल्लामा सौहार्दपूर्ण र उत्साहपूर्ण स्थिति छ । तीन वटै क्षेत्रलाई उत्तिकै महत्व दिएको छु । उम्मेदवार उत्साही छन् । पार्टीका जिम्मेवार साथीहरु खटिनुभएको छ । अन्य पार्टी पनि लागेका छन् । अहिलेसम्म अन्य दलसँगको सम्वन्ध पनि राम्रो छ । निर्वाचन आचारसंहितालाई काँग्रेसले पालना गरेको छ ।

यस पटक जीत सुनिश्चित गर्न मुख्य चुनौतीहरू के–के छन् र तिनलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

चुनावमा अनेकन चुनौती हुन्छन्, जुन स्वभाविक पनि हो । नयाँ शक्तिका रुपमा उदाएका पार्टीका क्रियाकलापले आम मतदातालाई प्रभावित र अन्यौलमा पार्न सक्ने सम्भावना देखिँदैछ । पार्टीप्रति नकारात्मक धारणा बनाउने खालका अनेकन भ्रम/मिथ्या सूचना फैलाउने प्रयास भइरहेको छ । अरुलाई गाली नगरी आफ्ना एजेण्डा राख्ने बेला हो यो । त्यसतर्फ सचेत हुन जरुरी छ । पार्टीका नेता तथा कार्यकता आफ्नै वडा/क्षेत्रमा रहेर अझै क्रियाशील हुनुपर्ने आवश्यकता देखिन्छ । काँग्रसले पछिल्लो पटक लिएको नीति र प्रतिज्ञालाई आम मतदाताकै माझ गएर बुझाउनुपर्नेछ ।

काँग्रेसका उम्मेदवारलाई नै किन जिताउने ?

देश संवैधानिक संकटको अवस्थामा छ, यो निर्वाचन विगत जस्तो नियमित र सामान्य अवस्थामा जस्तो नभएकाले सबै दल निर्वाचनमा होमिएका छन् । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विकासका लागि पनि काँग्रेसले जित्न अनिवार्य छ । संविधान पीता सुशील कोइरालाले बाँकेमा शुरु गर्नुभएको विकासको अभियानलाई निरन्तरता दिन, सद्भाव कायम राख्न, स्थानीय मुद्दालाई माथिल्लो तहसम्म पु¥याउन र सम्वोधन गर्न पनि काँग्रेसका उम्मेदवारलाई जिताउन जरुरी छ । काँग्रेसले नै सरकारको नेतृत्व गर्न सक्ने सम्भावना रहेकाले पनि काँग्रेसकै उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता छ । तसर्थ मतदाता अन्यौल हुन पर्दैन ।

कांग्रेसको मुख्य चुनावी एजेन्डा र प्रतिबद्धता के–के हुन् ?

काँग्रेसले नीति र नेतृत्व परिवर्तन गरेपछि भिजन १० सहित नयाँ एजेण्डा ल्याएको अवगतै छ । भ्रष्टाचारको अन्त्य, सुशासन स्थापनाको अगुवाई गर्ने तयारी पार्टीले गरेको छ । पार्टीको तल्लो तहमा पनि त्यो सन्देश छ ।

काँग्रेसका उम्मेदवारले राप्ती नदीको डुवान/कटानको समस्या समाधान, नेपालगञ्जमा रिङ रोड, बाँके निकुञ्ज वरिपरिका वस्ती व्यवस्थापन, नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण लगायत निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिएका छन् । स्थानीय मुद्दाको उठान र सम्वोधनका लागि पनि काँग्रेसका उम्मेदवार जिताउन जरुरी छ ।

पार्टीभित्रको गुटबन्दीले निर्वाचनमा असर पार्न सक्छ भन्ने चिन्ता छ । त्यस्तो केही पाउनुभएको छ ?

समग्रमा पार्टी एक ढिक्का देखिन्छ । यसपाली पार्टीमा अन्तरविरोध छैन । आन्तरिक एकता छ । विगत जस्तो गुटगत राजनीति छैन । सबैको चित्त नबुझेको हुन सक्छ तर त्यसले मतलाई नै प्रभावित पार्छ भन्ने लाग्दैन । काँग्रेसीजन एकमत छन् ।

मतदातालाई के भन्नुहन्छ ?

यो निर्वाचन सामान्य निर्वाचन होइन । आम मतदाताले त्यो बुझेको हुनुपर्छ । राजनीतिक पृष्ठभूमि नभएका व्यक्ति पनि उम्मेदवार छन् । सोही अनुसार मत पनि मागिरहेका छन् । रहर र लहडका भरमा मत दिने अवस्था छैन । संयमित, लोकतान्त्रिक र सुधारिएको र सबै दलको पनि नेतृत्व गर्न सक्ने दल काँग्रेस नै भएकाले काँग्रेसको उम्मेदवारलाई नै मत हाल्नका लागि हार्दिक अपील गर्दछु ।

संकटमा परेको देशलाई जोगाउन सक्ने र उभो लगाउन सक्ने क्षमता काँग्रेसमै छ । विगतमा पनि अप्ठ्यारोमा परेका बेला काँग्रेसले नै नेतृत्व गरेकाले यसपाली पनि काँग्रेसका उम्मेदावरलाई नै जिताउन अपील गर्दछु ।

अघिल्लो पोस्ट

नरैनापुरमा सकियो गौडेलको घरदैलो, काँग्रेसप्रति उत्साहित छन् मतदाता

अर्को पोस्ट

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

सम्बन्धित समाचार

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान
लुम्बिनी प्रदेश

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
लुम्बिनी प्रदेश

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने
लुम्बिनी प्रदेश

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
लुम्बिनी प्रदेश

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता
लुम्बिनी प्रदेश

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

अर्को पोस्ट
योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता

समाजसेवीको छवि बनाएका गौडेललाई जिताउने मतदाताको प्रतिवद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist