• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साह; ‘रुख चिन्ह’ मा भरोसा फर्किएको छः गौडेल

२०८२ फाल्गुन १३ गते, बुधबार समय: २१:३७ मिनेट
0 0
0
नरैनापुरमा काँग्रेसप्रति बढ्दो उत्साह; ‘रुख चिन्ह’ मा भरोसा फर्किएको छः गौडेल
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नरैनापुर, फागुन १३ । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटा गाउँ राजनीतिक उत्साहले भरिएको छ । यहाँका बस्तीहरु चुनावी बहसले गुञ्जिएका छन् । यिनै आवाजको बीचमा भेटिन्छन् कालाफाँटाका युवा निजामुद्दिन खान । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेललाई जिताउन उनी अहोरात्र खटिएका छन् । उनी भन्छन्–‘गौडेल जिते भने गगन थापा प्रधानमन्त्री बन्ने बाटो खुल्छ ।’ युवाको आशा, परिवर्तनको आकांक्षा र नेतृत्वप्रतिको भरोसा मिश्रित उनको भनाईले यो पटक नरैनापुरमा पनि भावी प्रधानमन्त्री गगन कुमार थापाको चर्चा र भरोसा देखिएको छ । भरोसाको त्यो दियो बाल्न चाहन्छन् गौडेललाई जिताएर । निजामुद्दिन भन्छन्–‘जेनजी आन्दोलनपछि काँग्रेसभित्र आएको नेतृत्व परिवर्तनले हामी युवामा नयाँ आशा जगाएको छ ।’ उनको भनाईले नरैनापुरमा बढ्दो राजनीतिक चेतना र युवाहरुको सक्रियतालाई संकेत गर्छ ।

उनी मात्र होइन, नरैनापुरका अन्य युवाहरु पनि यही भावनामा छन् । यस्तै एक युवा हुन् सयन्स खान । उनी बर्दिवासमा काम गर्ने भए पनि अहिले चुनावी माहोलका लागि कालाफाँटा फर्किएका छन् । सयन्सको विचार फरक ढंगको छ । उनी न त गगन थापालाई व्यक्तिगत रुपमा चिन्छन्, न त नारायण गौडेललाई । तर पनि उनी स्पष्ट छन्–तराई, पहाड र हिमाललाई जोड्ने, सबै जातजातिलाई एउटै सूत्रमा बाँध्ने शक्ति काँग्रेस बाहेक अरुसँग छैन । त्यसैले काँग्रेसले जित्नुपर्छ ।’ नरैनापुरमा अहिले मतदाताहरु “रुख चिन्ह” प्रति सकारात्मक देखिन्छन् । करिब १० वर्षपछि रुखमा मतदान गर्ने अवसर पाउँदा स्थानीय मतदातामा उत्साह बढेको छ ।

काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार नारायण प्रसाद गौडेलको स्थानीय प्रभाव पनि यसको मुख्य कारण मानिन्छ । स्थानीय फाद्रिसी खानले भने–‘द्वन्द्वकालको कठिन समयमा पनि गौडेलले नरैनापुरमा संगठन विस्तार गर्नुभयो, नागरिकको साथ दिनुभयो । त्यसैले यहाँका मानिस उहाँलाई आफ्नै मान्छे जस्तो मान्छन् ।’

गौडेलले क्षेत्रीय सभापति हुँदा दुर्गम नरैनापुरमा संगठन विस्तार, कार्यकर्ताको संरक्षण र जनताको सुखदुःखमा साथ दिएका थिए । यही कारणले उनको छवि यहाँ बलियो बनेको छ । क्षेत्रीय सभापति पोषण केसीका अनुसार, बुधवार वडा नं. २ र ३ का विभिन्न बस्तीहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार दिप नारायण बर्मा, निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्री, अग्रज नेता ज्ञानु केसी, हुर्मत न्यौपाने, कृष्णचन्द्र मौर्य लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

पछिल्ला वर्षहरुमा गठबन्धन राजनीतिका कारण नरैनापुरका मतदाता रुख चिन्हमा मतदान गर्नबाट बञ्चित हुँदै आएका थिए । तर, यसपटक परिस्थिति बदलिएको छ । ‘अब करिब १० वर्षपछि मतदाताले आफ्नै पार्टीको चिन्हमा मतदान गर्न पाउने भएका छन्, त्यसैले उत्साह स्वाभाविक रूपमा बढेको छ’ क्षेत्रीय सभापति केसीले भने । उम्मेदवार गौडेलले नरैनापुरमा ‘रुख चिन्ह’ प्रति मतदाताको भरोसा फर्किएको बताए ।

 

अघिल्लो पोस्ट

खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

अर्को पोस्ट

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

सम्बन्धित समाचार

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान
लुम्बिनी प्रदेश

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
लुम्बिनी प्रदेश

कोहलपुरमा कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन
लुम्बिनी प्रदेश

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो पनि विमोचन

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने
लुम्बिनी प्रदेश

होटल पौवाको १०औँ वार्षिकोत्सव सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
लुम्बिनी प्रदेश

नेपालगन्जको सन्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता
लुम्बिनी प्रदेश

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारिता चुनौतीको चिन्ता

अर्को पोस्ट
नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’- शुधान्सु कोइराला

‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’- शुधान्सु कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist